फुटेको सिसा
फुटेको सिसा जोड्ने प्रयास गर्दिन म संघर्ष गरेर बाँच्नेछु हरेश खाएर मर्दिन म घुसखोरी जस्ता अनैतिक बाटोमा झर्दिन म गरिबीको कारण देखाएर स्वाभिमान बेच्नेहरूमा पर्दिन म अरुको एक छाक खोसेर कहिल्यै आफ्नो पेट भर्दिन म सत्य र शान्तिको पक्षमा बोल्न कहिल्यै पछि सर्दिन म ॥